
काठमाडौँ, ६ साउन । सरकारले मंगलबार राती १२ बजेपछि ४ महिनादेखि जारी लकडाउनको अन्त्य भएको घोषणा गरेको छ ।
यद्यपि सरकारले अझै केही क्षेत्रहरुमा भने प्रतिबन्ध नै लगाएको छ । सरकारले अर्काे सूचना नभएसम्मका लागि मनोरञ्जनात्मक क्षेत्र भने बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्त र अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
धेरै भीडभाड हुने क्षेत्रहरु सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत मनोरञ्जनका क्षेत्रहरु अर्काे सूचना नभएसम्मका लागि बन्द हुनेछन् । त्यस्तै, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरु पनि बन्द नै रहनेछन् ।
त्यसैगरी, सबै किसिमका प्रदर्शन, भेला तथा सम्मेलन, समूहरमा खेलिन खेलकुद र खेलमैदानमा हुने कार्याक्रम, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखाना तथा शैक्षिक संस्थाहरु पनि अर्काे सूचना जारी नभएसम्मका लागि बन्द रहनेछन् ।















प्रतिक्रिया