५ कार्तिक २०८३, बिहिबार

मंगलबार पहिरोका कारण ४ जिल्लामा ९ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । मुलुकभर भइरहेको अविरल वर्षाका कारण आएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।

मंगलबार पहिरोमा परेर काठमाडौँ, धादिङ, नवलपरासी र दार्चुलामा गरी ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार काठमाडौँको टोखा नगरपालिका १ मा आएको पहिरोले स्थानीय राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्याहा सन्तान सचिन र सन्ध्या रानामगरको मृत्यु भएको छ ।

त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङपारीमा आज विहान आएको पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षका मिलन खाँण, उनकी श्रीमती २२ वर्षीया सम्झना खाँण र ३ वर्षीया छोरी अन्जिता खाँण रहेका छन् । पहिरो घर बगाउँदा बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

नवलपरासी बुलिङटार गाउँपालिका २, टाँडीमा पहिरोमा परी स्थानीय ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती खिलमाया नेपालीको मृत्यु भएको छ ।

त्यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ औडाखानका ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा आएको पहिरोले उनका भाइहरु अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ ।