५ कार्तिक २०८३, बिहिबार

प्रदेश १ मा थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । प्रदेश १ को पाँच वटा जिल्लामा मंगलबार १९ जना कोरोना संक्रमित थपिएक छन् ।

नयाँ संक्रमितहरुमा मोरङमा ४ पुरुष, झापामा ४ पुरुष, इलाममा २ पुरुष, सुनसरीमा १ पुरुष तथा उदयपुरमा ५ पुरुष र ३ महिला रहेका सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।

उदयपुरको बेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालमा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १–१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको ८ सय २४ जना पुगेको छ भने ७ सय १० जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार मात्रै ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।