
काठमाडौँ, ६ साउन । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमणको दर घट्दै गइरहेको छ ।
भारतबाट आउनेहरुको क्रम घटेपछि संक्रमितको दर पनि घट्न थालेको स्वास्थ्य मन्त्रालयको भनाइ रहेको छ । यसैबीच मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्ला कोरोनामुक्त भएका छन् ।
संक्रमण शून्य भएका जिल्लाहरुमा भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ्र र मुस्ताङ हुन् । त्यस्तै, ३ जिल्लामा भने ५ सयभन्दा बढी संक्रमितहरु रहेका मन्त्रालयले जनाएको छ ।
बाजुरा, कैलाली र रौतहटमा ५ सय जनाभन्दा बढी संक्रमितहरु रहेका छन् ।















प्रतिक्रिया