
काठमाडौँ, ६ साउन । काठमाडौँ उपत्यकामा मंगलबार थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ८ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, स्टार अस्पताल, सानेपामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर पछिल्लो २४ घण्टाम थप १ सय ५० जनामा संक्रमण देखिएको छ भने ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।















प्रतिक्रिया