५ कार्तिक २०८३, बिहिबार

मेलम्चीको पानी परीक्षण स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षण रोकिएको छ ।

जोखिम मोलेर पानी परिक्षण नगर्ने खानेपानी मन्त्रालयले जनाएको छ । यससँगै पानी परीक्षणको कार्य अनिश्चितकालसम्मका लागि रोकिएको हो ।

गत साता पानी परिक्षणका क्रममा सुरुङमार्गमा बनाइएको ढोका फुटेर दुई जना कर्मचारीको ज्यान गएपछि अब घटना नहुने सुनिश्चित भएपछि मात्रै पानी परिक्षण गरिने मन्त्रालयका सहसचिव रमाकान्त दवाडीले बताए ।

दवाडीले कमजोरीकै कारण दुर्घटना भएकाले अब त्यस्तो जोखिम मोलेर पानी परीक्षण नगरिने जनाएका हुन् ।

मौसम तथा त्यहाँ अवस्था अनुकुल भएपछि काम अगाडी बढाइने बताइएको छ ।