
काठमाडौँ, ६ साउन । नेपालमा थप १५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ ।
त्यस्तै, मंगलबार गत २४ घण्टामा थप ६ सय ९ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यससँगै निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ ।















प्रतिक्रिया