काठमाडाैं, ६ साउन । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५ व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो ।
कर्जा लिन चाहने महानुभावहरूले आवश्यक कागजात बैंकमा पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
ग्राहकले नेपालभरि फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।















प्रतिक्रिया