
काठमाडौँ, ५ साउन । सरकारले करारका कर्मचारीको समयावधि नवीकरण गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको अवधि नवीकरण गर्ने निर्णय गरेको हो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।















प्रतिक्रिया