५ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय अध्यक्ष अशोक शंकरको मनोमानीका कारण सिद्धार्थ जेसिजमा विवाद उत्पन्न

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भैरहवा, ५ साउन । जेसीआई सिद्धार्थका निर्वाचित अध्यक्ष मंगल भण्डारीले जेसीआई नेपालका अध्यक्ष अशोक शंकरको एकलौटी निर्णयका कारण सिद्धार्थ जेसिजमा बिवाद उत्पन्न भएको आरोप लगाएका छन् ।

भण्डारीले जेसीआई नेपालका अध्यक्ष अशोक शंकरले मनोमानी गरेको आरोप लगाएका हुन् । उनले आफू केन्द्रको निगाहमा नभई सिद्धार्थ जेसीजका बहुसंख्यक सदस्यले चयन गरेकोले वैधानिक अध्यक्ष आफू नै भएको दावी गरेका छन् ।

भण्डारीका अनुसार आफु यदि उमेरको हिसावले अवैधानिक हो भने सन् २०१७ मा नेपाल जेसिजमा उमेर हदबन्दी बिवाद आउदा जस्तो प्रक्रिया चालिएको थियो त्यसो नगरेर किन जेसीआई नेपालका अध्यक्ष अशोक शंकरले एकलौटी रुपमा पत्र काटेर सिद्धार्थ जेसिजको अध्यक्ष तोकेको प्रश्न गरे ।

नेपाल जेसिज सन् २०१७ मा अहिले सिद्धार्थ जेसिजमा आए जस्तो उमेर हदबन्दी बिवाद उत्पन्न भएको थियो । त्यस समयका अध्यक्ष जगत पोखरेल अध्यक्ष हुने उमेर ४० बर्ष भन्दा बढि देखिएपछि नेपाल जेसिजले बिशेष साधारण सभा बोलाएर अर्को अध्यक्षको चयन गरेको थियो ।

“जेसीजको बिधानले केन्द्रलाई अध्यक्ष चयन गर्ने अधिकार दिएको छैन, त्यो अधिकार भनेको शाखाका सदस्यको मात्र हो ।” भण्डारीले भने “म बहुमतबाट निर्वाचन प्रक्रियामा भाग लिई अध्यक्ष चुनिएको हु ।”

उनले केन्द्रको भुमिका भनेको जिल्लालाई कार्यक्रम तय गर्नु र राय सुझाव दिने मात्र रहेको बताए । केन्द्रले हस्तक्षेप गरेर अध्यक्ष चयन गर्न नपाउने उनको दावी छ । अझ यो घटनामा त केन्द्रिय अध्यक्ष अशोक शंकरले त एकलौटी निर्णय गरि पदिय दुरुपयोग गरेको भण्डारीले आरोप लगाए ।

भण्डारीको यो दावीमा सिद्धार्थ जेसीजका बहुसंख्यक सदस्यहरुको पनि समर्थन रहेको छ । सुशिल गुरुङ्ग, ओम कुमार श्रेष्ठ, राकेश गुरुङ्ग, आदित्य नारायण कसौधन, लेखनाथ भट्टराई लगायतका पूर्व अध्यक्षहरु मात्र नभई बर्ष २०२० का लागि चयन भएका अधिकांश पदाधिकारी पनि भण्डारीकै पक्षमा रहेका छन् । संस्थाका पूर्व अध्यक्ष ओम कुमार श्रेष्ठले अहिले जेसीज नेपाल आफै अवैधानिक रहेको तर्क गरे ।

उनले संस्था नविकरण नगरेको, हरहिसाब फरफारक नगरेको लगायतका कारण दिदै जेसीज नेपाल अवैधानिक रहेको तर्क दिए । यस्तै जेसीजको बिधानमा केन्द्रिय अध्यक्षले कतैपनि अध्यक्ष मनोनयन गर्न पाउने ब्यवस्था नरहेको उनको भनाई छ ।

संस्थाको ४४ औं बार्षिक साधारण सभा तथा अधिवेशनमा भुवन राणा र मंगल भण्डारीले उम्मेदवारी दिएकोमा मंगल भण्डारी विजयी भएका थिए ।

चुनावी प्रक्रियामा नै अध्यक्ष पदका उम्मेदवार भुवन राणाले अर्का उम्मेदवार भण्डारीको उम्मेदवारी दिने उमेर बढी भएको बताउँदै निर्वाचन समितिमा दावी बिरोध गरेका थिए ।

बिरोध परे पछि निर्वाचन समितिले भण्डारीको उमेर ४१ बर्ष नपुगेको बताउदै निर्वाचन प्रक्रियालाई अगाडी बढाएको थियो । सोही अनुसार २०७६ माघ ४ गते जेसीज सिद्धार्थको निर्वाचन प्रक्रिया टुंगिएको थियो ।

निर्वाचन भएको ६ महिना पछि जेसीजको केन्द्रिय अध्यक्ष अशोक शंकरले अहिले निर्वाचित अध्यक्ष मंगल भण्डारी अयोग्य रहेको र अध्यक्ष पदका अर्का अध्यक्ष भुवन राणालाई अध्यक्षमा बैधानिकता दिएका छन् ।

केन्द्रले राणलाई अध्यक्ष दिए पछि सिद्धार्थ जेसीजको विवाद सतहमा आएको छ । दुईवटै अध्यक्षले अहिले भैरहवामा बिभिन्न कार्यक्रमहरु सामानान्तर रुपमा अगाडी बढाएका छन् ।

भैरहवामा एउटै संस्थाको ब्यानरमा अहिले फरक फरक अध्यक्षले कार्यक्रम गरि रहेका छन् । यसले भैरहवामा रामै्र साख रहेको सिद्धार्थ जेसीजको विवाद सतही रुपमै देखिन थालेको छ ।

सन १९७५ मा भैरहवामा शाखा स्थापना भए यता संस्था बिभिन्न सामाजिक कार्यमा सक्रिय रहि आएको छ । निर्वाचनको समयमा उमेरका कारण संस्थामा विवाद देखिए पनि अहिले बाहिरी रुपमै देखिने गरि विवाद चर्किएको छ ।