५ कार्तिक २०८३, बिहिबार

कार्यालयमै कर्मचारीसँग विवाद हुँदा मेयर यादव अस्पताल भर्ना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । धनुषाको गणेशमान चारणाथ नगरपालिकाका मेयर अस्पताल भर्ना भएका छन् ।

मेयर रामबाबु यादव कर्मचारीसँग विवाद भएपछि अचानक बेहोस भएर अस्पताल भर्ना भएका हुन् ।

उनलाई सिरहाको फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको बताइएको छ । आइतबार साँझ कार्यालयमै कर्मचारीसँग विवाद भएपछि मेयर यादव आवेगमा आएर बेहोस भएको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनीमाथि कुटिपिट भएको भनेर तस्वीर सार्वजनिक गरिएको थियो ।

यद्यपि उनीमाथि कुटपिट भने नभएको स्थानीय प्रहरीले जनाएको छ ।

मेयरका आफन्तले पनि उनीमाथि कुटपिट भएर अस्पताल भर्ना गरिएको सत्य नभएको जनाएका छन् ।