
काठमाडौँ, ५ साउन । नेपालमा थप १ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएको छन्ु ।
तीमध्ये ११,८६८ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
त्यस्तै, गत २४ घण्टामा १७३ जना संक्रमित निको भएका छन् ।
प्रवक्ता गौतमका अनुसार अहिले सङ्क्रमण भएका कुल २२,२२८ मानिस देशभरि आइसोलेशनमा छन् । पछिल्लो समय भारतबाट फर्किनेको संख्या घटेकाले संक्रमितहरुको संख्या घट्न थालेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया