
काठमाडौँ, ४ साउन । महाराजगञ्जमा सवारी दुर्घटनामा परी एक जना प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
शनिबार साँझ सुकेधारामा ३ सवारी साधन ठोक्किँदा बा ७४ प २८६१ नं. को मोटरसाइकलमा सवार असई प्रेमराज पौडेलको मृत्यु भएको हो ।
सुर्खेत घर भएका पौडेल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए ।
सुकेधाराबाट चाबाहिल आउँदै गरेको प्र ३०२ ००३ प ४१५० नं. को स्कुटर र सुकेधारतर्फ जाँदै गरेको पौडेलको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
त्यही बेला चाबहिलबाट सुकेधारा जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्यांकर पनि ठोक्नि पुगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । उनलाई केही समयपछि नै डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरीले स्कुटर चालकसँग कागजपत्र नभएकोले पक्राउ गरेको जनाएको छ । पानी ट्यांकीका चालकलाई भने प्रहरीले पक्राउ गरेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया