
काठमाडौँ, ४ साउन । सरकारले सिंहदरबारभित्र काम गर्ने सफाइ कर्मचारीमा कोरोनाभाइरस संक्रमणको परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्र सफाई कर्मचारीमा संक्रमण पत्ता लगाउन परीक्षण गर्ने भएको हो ।
त्यस्तै, टोलीले विदेशबाट आएका, संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि आवश्यकताअनुसार परीक्षण गर्ने जनाएको छ ।
मन्त्रालयले हवाई उडानबाट आउनेलाई ५ दिन होल्डिंग सेन्टरमा राखेर परीक्षण गरेरमात्रै स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।
स्थल मार्गबाट आउनेहरुलाई पनि परीक्षण गरेर मात्र स्थानीय तहमा पठाइने प्रवक्ता गौतले जनाए ।















प्रतिक्रिया