५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीको वृद्धको परिवार सबैमा कोरोना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । कोरोना संक्रमणबाट मृत्यु भउका सप्तरीका वृद्धको परिवारका सबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राजविराजका ७२ वर्षीय ति वृद्धको बिहीबार मृत्यु भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएको २ घण्टा नबित्दै मृत्यु भएको थियो ।

ति वृद्धको श्रीमती, छोरा, बुहारी र नातीनातिनासमासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिकाले जनाएको छ ।

मृतककी पत्नीको उपचारका लागि फागुनमै भारत गएका मृतकको परिवार २ साताअघि भारतबाट फर्किएका थिए ।

घर फर्केपछि मंगलबार ति वृद्धमा श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि स्वाब परीक्षण गरिएको थियो । बिहीबार उनमा कोरोना पुष्टि भएको २ घण्टापछि राती १० बजे मृत्यु भएको थियो ।