
काठमाडौँ, ३ साउन । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन् ।
शनिबार बसेको नेकपा सचिवालयको बैठक लगत्तै उनीहरु शीतल निवास पुगेका थिए । बालुवाटार स्रोतका अनुसार उनीहरु नयाँ सहमतिका लागि शीतल निवास पुगेका बताइएको छ ।
पार्टीमा अध्यक्ष प्रचण्डलगायत केही नेताले ओलीको प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा मागेपछि झन् विवाद चर्किएको थियो ।
नेताहरुका अनुसार दुवै अध्यक्षले राष्ट्रपतिलाई भेट्न जानुले नयाँ केही सकारात्मक परीणाम ल्याउन सक्ने अड्कल गरिएको छ ।
शनिबार करिब ४ घण्टा बसेको सचिवालय बैठकमा पार्टीको सम्पूर्ण सहमतिकै माध्यमद्धारा समाधान गर्नेबारे व्यापक छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।















प्रतिक्रिया