७ मंसिर २०८३, सोमबार

राैतहटमा विप्लवका कार्यकर्तालाई पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर, ३ साउन । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जना कार्यकर्तालाई राैतहटमा प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई बिहीबार १०:३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।