
काठमाडौँ, २ साउन । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले मौद्रिक नीति देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने किसिमको आएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीति उत्साहजनक भएको बैंकर शाहले बताएका हुन् । उनका अनुसार मौद्रिक नीतिले ठूलादेखि साना ऋणी सबैलाई समेटेको बताए ।
उनले वित्तीय स्थायित्व हुने किसिमको नीति आएको बताउँदै सरकारले विकास खर्च बढाउनुपर्ने बताए ।
त्यस्तै, उनले नीतिले साना तथा मझौला, कृषि, पर्यटनलगायत प्रत्येक क्षेत्रलाई समेट्न खोजिएकोले पनि यो विषय राम्रो भएको बताए ।
उनले मर्जरको लागि पनि प्रोत्साहन गर्ने किसिमको नीति आएकोमा खुशी व्यक्त गरे ।
बैंकर संघले दिएका सबै सुझाव नसमेटिए पनि निकै सुझावहरु नीतिमा समेटिएको शाहले जनाए ।















प्रतिक्रिया