५ कार्तिक २०८३, बिहिबार

६६ प्रतिशतले जिते कोरोना, थप एकको मृत्यु पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । नेपालमा कोरोनाभाइरसका थप १ सय १ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार नयाँ केससँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८५ जनाले कोरोना जितेका छन् ।

यससँगै निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ । यसरी ६६ प्रतिशत संक्रमित उपचारपछि निको भएका छन् ।

त्यसैगरी, मन्त्रालयका अनुसार थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ । प्रवक्ता गौतमका अनुसार सप्तरीका ७३ वर्षीय पुरुषको कोभिड १९ का कारण निधन भएको हो ।

राजविराज नगरपालिका १ का ति वृद्धको बिहीबार निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

उनी लामो समयदेखि मुटुको बिरामी थिए । उनलाई असार ३१ गते धरानमा भर्ना गरिएको थियो भने बिहीबार दिउँसो निधन भएका हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।