५ कार्तिक २०८३, बिहिबार

लमजुङमा थप २२ जनामा कोरोना पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । लमजुङमा एकै दिन २२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ७८ जना पुगेको छ ।

थपिएका संक्रमितहरु लमजुङको मर्स्याङदी, दोर्दी, राइनास, दुधपोखरी, बेशीँशहर र क्होलासोथरका रहेका स्वास्थ्य निर्दशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार मर्स्याङदीमा ६ पुरुष, दोर्दीमा ४ जना, राइनासमा ६ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, दुधपोखरीमा १ पुरुष, बेशींसहरमा २ र क्होलासोथरमा १ जनामा कोरोना देखिएको हो ।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएको थियो ।