
काठमाडौँ, २ साउन । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।
कोरोनापछिको अर्थतन्त्रलाई चलायमान बनाउन उक्त सम्झौता भएको जनाइएको छ ।
शुक्रबार भएको हस्ताक्षरमा यातायात पूर्वाधार क्षमता र सुरक्षा सुधारलगायत सीमापार व्यापार सुधार र रणनैतिक सडक सञ्जाल व्यवस्थापनमा सहज हुने बताइएको छ ।
यो योजना नेपाल सरकार र विश्व बैंकबीचको अहिलेसम्मकै ठूलो एकल योजना हो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा रहेका थिए भने नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकको तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद जर्भाेसले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया