६ कार्तिक २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट, पुरस्कार प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०७५–७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकलाई दिएको छ ।

हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई संस्थाले पुरस्कार प्रदान गर्दै आएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न ५ विधा प्रस्तुत गरेको थियो । विधाहरूमा बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।