७ मंसिर २०८३, सोमबार

ओली–प्रचण्ड वार्तामा माधव नेपालको इन्ट्री, सहमति नभए स्थायी समिति सारिने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबारसम्म भएका छलफललाई अझ बलियो बनाउन विहीबार बरिष्ठ नेता माधव नेपालको पनि सहभागीता गराइएको छ ।

शुक्रबारका लागि राखिएको स्थायी समितिमा कसरी प्रस्तुत हुने र नयाँ सहमति कस्तो हुने भन्ने विषयमा त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ ।

विहीबारको वार्तामा सहमतिको ठोस आधार नआए स्थायी समिति बैठक आइतबारसम्मका लागि सार्न सकिने उच्च स्रोतले जनाएको छ । ‘सकभर आज सहमति गरी भोलीको स्थायी समिति बैठक तोकिएको समयमा नै गर्ने तयारी छ। केही विषय बाँकी रहे स्थायी समिति आइतबारसम्मका लागि सर्न सक्ने सम्भावना छ’, उच्च स्रोतले भन्यो ।