७ मंसिर २०८३, सोमबार

‘कलिग’हरू एआईजीमा सिफारिस आईजी थापाको सुखद लय

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । कुनै हस्तक्षेपबिना नै नेपाल प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीका ‘कलिग’हरू नायव महानिरिक्षक (डिआईजी)द्वय निरज शाही र प्रद्युम्न कार्की अतिरिक्त महानिरिक्षक (एआईजी)मा सिफारिस सुखद लयका रुपमा व्याख्या गरिएको छ ।

आईजी थापाको सिफारिस, गृह मन्त्रालयसहित सरकारको यो निर्णयले नेपाल प्रहरीमा बरिष्ठताको अपव्याख्या हुने मौका नदिएको जानकारहरूले बताएका छन् । यसले संगठनको ‘चेन अफ कमान्ड’को आधारलाई बलियो मात्र बनाएको छैन ‘बरिष्ठता, योग्यता र क्षमता’को उचित मुल्यांकन र कदर गरेको प्रष्टिएको छ ।

अब, नेपाल प्रहरीमा एआईजीमा हरि पाल, शाही र कार्की भएपछि कायम रहेको पद रिक्त छैनन् । तीन, डिआईजी खाली भएको छ । कतिपयले यसमा पनि बरिष्ठताका आधारमा नै सिफारिस हुने अड्कल काटेका छन् । ‘एआईजी बढुवाको सिफारिस नै विवादरहित र प्रशंशायोग्य भएपछि डिआईजीका लागि पनि कुनै मतभेद र मनभेदको प्रभाव हुनेछैन’, प्रहरी उच्च स्रोतले भन्यो,‘संगठनात्मक संरचनामा बरिष्ठताको मुल्यलाई चुक्न दिइनेछैन ।’

यसअघि संगठन प्रमुखले आफू अनुकुलताको हिसाबमा बरिष्ठ अधिकारीबारे गृहमा ब्रिफिङ गर्ने गरिएको थियो भने कतिपय राजनीतिक दबाब र प्रभावका आधारमा संगठनको चेन नै भत्किने अस्वभाविक निर्णयका लागि बाध्य थिए ।

‘संगठन प्रमुखले हरेक राजनीतिक आग्रह र आफ्ना स्वार्थलाई नहेरी हितका निम्ति काम गर्नुपर्छ । केही हल्लाहरूबीच अहिले एआईजीका लागि भएका सिफारिस सन्तोषजनक छन्’, एक जना पूर्वमहानिरिक्षक भन्छन्,‘अब काम कारबाहीको गतिविधि कसरी अगाडि जान्छ भन्ने विषयको मुल्यांकन हुनेछ ।’

आईजी नियुक्ति भएका दिन नै थापाले सामूहिक नेतृत्व र व्यावसायीक आचरणका हिसाबमा अघि बढ्ने बताएका थिए भने आईजीका स्पर्धी मानिएका एआईजी पालले संगठन चलाउन थापालाई पूर्ण सहयोग रहने उल्लेख गरेका थिए । जसका लागि थापाले फूली लगाउँदै गर्दा धन्यावाद मात्र दिएनन्, संगठनलाई गति दिन एआईजी पालसँग ‘जेन्टलम्यान एग्रीमेन्ट’ भएको खुलासा नै गरेका थिए ।