६ कार्तिक २०८३, शुक्रबार

आइएमई बैंकद्वारा प्रदेश १ लाई कोरोना रोकथामका लागि दश लाख सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ असार । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको प्रदेश १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।