७ मंसिर २०८३, सोमबार

डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैँडाकाेट, २७ असार । नवलपुरकाे पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो ।

त्यही डाइभर्सन शनिबार बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताए ।

बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् ।

बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरी नायब उपरीक्षक खाँडले बताए । उनका अनुसार यातायात सञ्चालनमा आउन अझै केही घण्टा लाग्नेछ ।