
काठमाडौं, २६ असार । अख्तियारको सह–सचिव भएको भन्दै ठगी गर्ने युवा ज्योतिष भनिने अर्जुन क्षत्रीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै निर्देशनमा नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड रुपियाँ क्षत्रीलगायतको समूहले माग गरेको थियो ।
५० लाखमा डिल मिलेपछि सोही रकम लिनका लागि जाने क्रममा नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।











प्रतिक्रिया