काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद बढिरहेका बेला स्थायी समितिको बैठक स्थगित भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान ट्वीट गर्दै स्थायी समितिको बैठक सात दिनका लागि स्थगित भएको जनाएका छन् । बाढी र पहिरोलाई देखाएर नेकपाले स्थायी समिति बैठक स्थगित गरेको छ ।
‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवम् राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिदै स्थायी समितिको बैठक ७ दिन स्थगित भएको छ’, श्रेष्ठले भनेका छन् ।











प्रतिक्रिया