काठमाडौं, २४ असार । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ ।
आयोगले ३ करोड १० लाख २७ हजार विगो कायम गर्दै उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको हो। उनले १४ वर्षको जागिरे जीवनमा ५ करोड १ लाख ४३ हजार कमाएका छन् । जसमा १ करोड ९१ लाख १६ हजार मात्रै वैध कमाइ देखिएको छ ।
इन्जिनियर उपाध्यय २०६३ पुस ५ मा सामुदायिक खानेपानी तथा सरसफाई इकाई कार्यालय डडेल्धुरामा राजपत्राकिंत तृतीय श्रेणी इन्जिनियरको पदमा स्थायी नियुक्ति भई सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।
०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा पश्चात विभिन्न कार्यालय हुँदै हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन दरबन्दी भई क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगंजमा कार्यरत रहेको देखिएको अख्तियारले जनाएको छ।











प्रतिक्रिया