६ कार्तिक २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ असार । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ ।

एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।