काठमाडौ, ३० फागुन । दोलखाबासीहरु १६ बुँदे माग अघि सार्दै अपर तामाकोशी हाईड्रो पावर कम्पनी विरुद्ध आन्दोलित बनेका छन ।
अपर तामाकोशी सरोकार संघर्ष समिति दोलखाको नाममा संगठित भएका उनीहरुले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफ्ना १६ बुँदे माग अघि सार्दै आन्दोलनको सुरुवात गरेका हुन ।
समितिले दोलखावासीकालागि छुट्याएको १० प्रतिशत सेयर विद्युत उत्पादन भएपछि मात्रै निष्कासन गर्नुपर्ने, दोलखाको अतिप्रभावित गाविसलाई दिईने भनिएको शेयर सुनिश्चित गर्नु पर्ने, आयोजनामा कार्यरत मजदुरलाई पनि अरु कर्मचारी सरह शेयर दिनु पर्ने, ऋण प्रवाह गर्ने सस्थालाई ब्याज वा सेयरको एक मात्र ब्यवस्था गर्नु पर्ने र आयोजनाको लागत बढाउन नपाईने माग अघि सारेको छ ।
त्यस्तै बातावरणीय प्रभाव मुल्याङकनको रकम प्रभावित गाविसमा मात्र खर्च गर्नु पर्ने, आयोजना सम्पन्न हुनु पर्ने मिति निश्चित गर्नुपर्ने, शेयर जारी हुनु अघि निर्देशिका जारी हुनु पर्ने, लाभांश वितरणको मिति तय गर्नु पर्ने, दोलखाबासीलाई थप १० प्रतिसत शेयर निशुल्क दिनु पर्ने, जनतालाई साधारणसेयर दिदा आयोजना जमानी बसी न्यून ब्याजदरमा रकम दिनु पर्ने,विदेशमा रहेका दोलखाबासीका हकवालालाई शेयर दिनु पर्ने र जिल्ला स्थित समन्वय समितिमा संघर्ष समितिका एक प्रतिनिधि हुनु पर्ने माग पनि उनीहरुले अघि सारेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष केशब चौलागाईले आफूहरुको मागलाई बेवास्ता गरेर कडा संघर्ष गर्ने चेतावनी दिदै आफूहरुले शान्तिपुर्ण रुपमा अघि सारेको मागलाई कमजोरी ठानिए त्यसबाट निस्कने परिणामको भागिदारी सम्बन्धीत पक्ष नैहुने स्पष्ट पारे ।
उनले आयोजना अपरादर्शी रुपले अघि बढाएको र समन्वय समितिको आँखामा छारो हाल्ने काम भएको भन्दै समन्वय समितिको बैठकको आठ नम्बर निर्णयले जनताको ढाड सेक्ने काम गरेर पुजिपतिहरुको पक्षपोषण गरेकोले खारेजीको माग गरे ।
















प्रतिक्रिया