मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रधानसेनापति थापालाई बोलाउनुको कारण

दैनिक नेपाल २०७७ असार २१ गते ११:१९

काठमाडौं, २१ असार । संसदको अधिवेशन अन्त्य, पार्टीभित्रको आन्तरिक राजनीतिक तनाबबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बालुवाटारमा बोलाएको दाबी गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित प्रधानसेनापति थापा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग भएको भेटमाथि शंकास्पद टिप्पणी गरिएको छ ।

‘प्रधानसेनापतिसँग राजनीतिक कुराकानीका विषय हुने कुरा भएन तर पनि अहिलेको अवस्था र चर्चाकाबीच भेट्नु शंकास्पदजस्तो देखिन्छ’, उच्च स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले सिधै भारतीय हस्तक्षेप बढेको, आफूलाई पदबाट निकाल्न लागिएको भनी बयान दिएपछि नेकपा स्थायी समितिको बैठकमा राजीनामा माग गरिएको थियो । मुलुकका लागि आफूपछि कसैले पनि बोल्न नसक्ने बताएका उनै प्रधानमन्त्रीले प्रधानसेनापति भेट्नुको खास र गुह्य कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित