६ कार्तिक २०८३, शुक्रबार

कान्ति बाल अस्पतालमा १३ महिने शिशुमा देखियो कोरोना भाइरस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । उपचारका लागि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याइएका १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

गएको आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार कोरोना पुष्टि भएपछि बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको जानकारी दिँदै शिशुको अवस्था सामान्य रहेको बताए ।

रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो ।