तम्घास, १९ असार । गुल्मी जिल्लमा बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएका छन् ।
इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बिहीबार राति बस्तीमाथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएकी छन् ।
बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएका हुन् ।
६३ वर्षका टीकाबहादुर खत्री घाइते भएका छन् । मध्यराति १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको थियाे ।
पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।











प्रतिक्रिया