काठमाडौं, १७ असार । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । सुदूरपश्चिम प्रदेश अछाम रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।
जिल्ला अस्पताल अछामका अनुसार ती पुरुषको १४ असारमा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।
आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार मृत्यु भएका उनको स्वाको पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखाएको हो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस