७ मंसिर २०८३, सोमबार

एमालेसँग स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने सहमति भइसकेको छ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय र प्रदेशसभाको निर्वाचनमा एमाले मिलेर लड्ने सहमति भइसकेको बताएका छन् ।

आज गोरखा पुगेका प्रचण्डले सहकार्य गर्ने सहमति भइसकेको बताएका हुन् ।

उनले भने, ‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ।’

हिजो संविधान सभा र शान्ति सम्झौताका सहभागी सबै राजनीतिक शक्ति, कांग्रेस, शेरबहादुर देउवाहरूसँग पनि निरन्तर छलफल भइरहेको उनले बताए ।