
काठमाडौं, १० असार । बुधबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हुने नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकमा विभिन्न एजेन्डामाथि बहसको तयारी भएको छ ।
लामो समयसम्म टर्दै आएको स्थायी समिति बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतादेखि सरकार पुनर्गठनसम्मका एजेन्डा रहेको उच्च स्रोतले जनाएको छ ।
एक स्थायी समिति सदस्यका अनुसार नेकपा सचिवालयले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार एमसीसी सम्झौता सदनमा पास हुन सक्ने राय बन्न सक्ने, सरकारका काम र गति राम्रो नभएका कारण मन्त्री हेरफेरलगायतका विषय एजेन्डा बन्नेछन् ।
यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच परामर्श भइसकेको छ ।
एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निस्क्रिय हुनेछ ।















प्रतिक्रिया