कैलाली, ८ असार । कैलालीको लम्की चुहा नगरपालिका–७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।
उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए ।आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।
भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएका थिए । उनको पिसीआर परिक्षणका लागि स्वाब पठाइनेछ ।















प्रतिक्रिया