६ कार्तिक २०८३, शुक्रबार

सांसद शाहको पहलमा मैनार खोलामा पुलका लागि बजेट विनियोजन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेकप्रताप शाहको पहलमा शिवराज नगरपालिकाको मैनार खोलामा पुल बन्ने योजना परेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष ०७७÷७८ को बजेटमा पुलको योजना परेको हो । बजेटमा सो पुलका लागि १ करोड ३८ लाख रकम विनियोजन भएको छ ।

सडक विभागको ब्रीज महाशाखाबाट बजेट विनियोजन भएको कांग्रेसका सांसद शाहले बताए । सो पुल निर्माण हुने भएपछि वडा नम्बर ३ मैनार बुलकिया गाउँमा जनाका लागि सहज हुनेछ छ ।

पुल निर्माणका लागि ६ महिनाअघि सांसद शाह र चन्द्रौटा क्षेत्रका कांग्रेसका युवा नेता अजय थापाले ब्रीज महाशाखाका प्रमुख दीपक भट्टराईलाई ज्ञापन पत्र बुझाएका थिए ।

लगातारको प्रयासपछि मैनार खोलामा पुल निर्माणको बजेट विनियोजन भएकोमा सांसद शाहले खुशी व्यक्त गरेका छन् । पुल निर्माणपछि सो क्षेत्रका जनतालाई आवत जावतमा सहज हुनेछ ।