
काठमाडौं, ६ असार । कर्णाली प्रदेशमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन तीन पिसीआर मेसिन १५ दिनभित्र थप्ने तयारी गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने तयारी गरिएको हो ।
कर्णालीको सबैभन्दा बढी कोरोना संक्रमित देखिएकोे दैलेखमा परीक्षणका लागि पीसीआर मेसिन पुगेको छ ।
दैलेखको नारायण नगरपालिकाले ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो ।
कोरोना महामारी तत्काल नियन्त्रणमा आउने संकेत नदेखिएपछि दैलेखको दुल्लु र रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् ।
चौरजहारी नगरपालिकाले एक हजार परीक्षण किटसहित मेसिन खरिदका लागि एक करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको छ ।
दैलेखको दुल्लु नगरपालिकाले पनि पीसीआर मेसिनका झिकाउने अन्तिम तयारी गरेको हो ।















प्रतिक्रिया