६ कार्तिक २०८३, शुक्रबार

डोल्पाको मु खोलादेखि चुँसम्मको सिचाइँ अर्को वर्ष पूरा हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपलाल बोहोरा

डोल्पा, ५ असार । डोल्पा जिल्लामा मुँ खोलादेखि चुँसम्मको सिचाइँको अनुगमन सम्पन्न भएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर १० र ११ मा पर्ने लिकु र चुँमा सिचाइँ गर्नको लागि भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णालीप्रदेश अन्तर्गत जिल्ला कृषि विकास कार्यालयद्वारा २० लाखको लागतमा केही खण्ड निर्माण भए पश्चात सोमबार अनुगगमन भएको हो ।

जिल्ला कृषि विकास कार्यलयका प्रमुख भीम धरालाको संयोजकत्वमा जिल्ला समन्वय समितिका सदस्य देवी घर्ती, वडाध्यक्ष रमा बोहोरा लगायतको टोलीले अनुगमन गरेको छ ।

सोही नगरपालिकाको वडा नम्बर ११ मा पर्ने गाबु खोला मुहान भएको सिचाइँमा यसभन्दा पहिले विभिन्न योजना आएता पनि प्रभावकारी रुपमा काम हुन नसकेको सिचाइँ उपभोक्ता समितिका अध्यक्ष लालभक्त बोहोराले बताए ।

मंसिरको सम्झौताअनुसार यो बजेटबाट ४० मिटर भएपनि सम्झौताभन्दा पनि बढी काम भएकोले काम राम्रो भएको अनुगमग टोलीका संयोजक धरालाले बताए ।

बीचको खण्डमा काम गर्न सजिलो भएपनि मुहानमा भने सिमेन्टको पिलर बनाएर पानी ल्याउने गर्दा स्थायित्व हुने त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ९ कि वडाध्यक्ष बोहोराले बताइन् ।

यो वर्षमा चुँमा पानी पुग्न नसकेपनि आउँदो आर्थिक वर्षमा पनि त्यसलाई नै क्रमागत गरी जसरी पनि पानी चुँ पुर्‍याए रै छाड्ने धरालाले बताए ।

यस वर्षको २० लाख र आउँदो साउनबाट पुनः बजेट थप गरी पानी पुर्‍यानका लागि जनप्रतिनिधी र सर्वसाधारणलाई आग्रह समेत गरिएको छ ।

मुहानदेखि चुँसम्म लामो दुरी भएकाले अर्को वर्ष लाग्ने प्राविधिक मोतीप्रसाद बुढाले बताए ।

कार्यालयबाट आएको २० लाखमा पनि ३ लाखको जीविकोपार्जन अन्तर्गत च्यान्दलर जातको ओखर खरिद गरी लगाएकोले १७ लाखमा धेरै काम भएको पनि उनले बताए ।

जमिनमा पहिरो जान सक्ने भू–भाग भएकाले ग्याबिनको जाली बुनेर त्यसको वालमा कुलो निर्माण हुने भएपछि उता चुँ बासी र लिकु बासी निकै खुसी हुने कृषक नबराज रोकायाले बताएका छन् ।