काठमाडौं, २९ फागुन । विश्वकप क्रिकेटमा अन्तर्गत आजको खेलमा महमदुल्लाहको शतकीय प्रहारमा बंगलादेशले न्यूजिल्याण्डसामू २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हृयामिल्टनमा टस हारेर व्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २८८ रन बनाएको छ ।
बंगलादेशका लागि महमदुल्लाहले १२३ बलमा १२ चौका र ३ छक्काको मद्दतले सर्वाधिक १२८ रन बनाएका छन् ।
बंगलादेशका शौम्य सरकारले ५१ बनाए । सकिव अल हसनसँथ र मुस्फिकर रहिमले समान ३१/३१ रन बनाए । सविर रहमानले ७८ रन बनाए ।
न्यूजिल्याण्डका टेन्ट बोल्ट, कोरी एण्डरसन र ग्रान्ट एलियटले बंगलादेशका २/२ विकेट लिएका थिए । न्यूजिल्याण्ड अहिले जवाफी व्याटिङ गरिरहेको छ ।
















प्रतिक्रिया