२९ आश्विन २०८३, बिहिबार

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्वार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका हुम्लाका २५ जना बालबालिकालाई कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रबाट उद्धार गरिएको छ।

१० वर्षभन्दा कम उमेरका बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारततर्फ लैजाँदै गरेको अवस्थामा रोकेर नेपालतर्फ फिर्ता पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार एसएसबीले वनबासा क्षेत्रमा बालबालिकालाई रोकेपछि उनीहरूलाई गड्डाचौकी हुँदै नेपाल पठाएको हो।

उद्धार गरिएका सबै बालबालिका हुम्लाको सिमकोट गाउँपालिका–८ का रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय गड्डाचौकीमा राखिएको छ।

बालबालिकालाई भारत लैजाने क्रममा पञ्चविर बुढा संलग्न रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। उनीहरूलाई कुन उद्देश्यले र आवश्यक प्रक्रिया पूरा नगरी भारत लैजान खोजिएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बालबालिकालाई भारतको देहरादुनमा तिब्बती भाषा अध्ययनका लागि लैजान लागिएको बताइएको छ। तर, उनीहरूलाई भारत लैजानुअघि आवश्यक कानुनी प्रक्रिया तथा अभिभावकको स्वीकृतिलगायतका विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।