६ कार्तिक २०८३, शुक्रबार

सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सर्लाहीमा १५ राउन्ड गोली चल्यो, एक भारतीयको मृत्यु

32.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाल–भारत सीमानाका अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीको बन्दुक खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक्दा १५ राउन्ड गोली चलेको छ ।

भारतीय नागरिकहरूले सीमा सुरक्षामा खटिएका प्रहरीको एसएलआर खोस्न खोजेपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ । सो क्रममा भएको झडपमा एक जना भारतीयको मृत्यु भएको बताइएको छ ।

सीमा सुरक्षारार्थ खटिएको सशस्त्र प्रहरीले हुल बाँधेर आएका भारतीयलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । पर्सा–३ मा भएको उक्त घटनाको थप विवरण आउन बाँकी छ ।