
काठमाडौं, २६ जेठ । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थय कार्यालयका अनुसार वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन् ।
संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला समेत छिन् । सबै जना भारतबाट फर्किएका थिए । संक्रमितलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा लगिएको छ । सप्तरीमा हालसम्म संक्रमितको संख्या ९३ पुगेको छ ।















प्रतिक्रिया