६ कार्तिक २०८३, शुक्रबार

चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनीयता र सुरक्षा चुनौती

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनीयता र सुरक्षाको चुनौती देखिएको छ ।

उक्त फोनमार्फत अनाधिकृतरुपमा प्रयोगकर्ताहरूको मोवाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठाएको मात्र नभई साइवर सुरक्षाको चुनौती समेत थपेको बिज्ञहरूको ठहर छ ।

बिभिन्न अध्ययनहरूले देखाए अनुसार यो फोन खासगरी साओमी एमआई १०, साओमी रिडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको अनुभवी साइवर सुरक्षा अधिकारीहरूले पत्ता गायतका छन् । स्मार्ट फोन बजारमा साओमी बिश्वकै चौथो नम्वरमा पर्दछ ।

फोब्स पत्रिकाको एक जिज्ञासामा सो कम्पनीले भने गोपनीयता र सुरक्षा आफ्नो प्रमुख चासोको विषय भएको उल्लेख गर्दै त्यस्तै समस्याका बारेमा आफूलाई जानकारी नभएको प्रतिकृया दिएको छ ।

साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा वाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका हुन् । यो घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य हस आउने बिश्लेषण अध्ययनहरूको छ ।

साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरू पठाएको र त्यसले लाखौं प्रयोगककर्ताको गोपनीयता भंगहुने अवस्था उत्पन्न भएको फोर्ब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ । साओमी कम्पनिले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो वाहिरिएको स्वीकार गरेको छ ।

साओमीको एउटामात्र नभई धेरै सिरिजका फोनहरूमा यो समस्या देखिएकोले प्रायेगकर्तामा मनोवैज्ञानिक त्रास त देखिएको छ नै त्यो भन्दापनि बढी आगाम दिनमा ती वाहिरएका गोप्य डाटाहरूले पार्ने प्रभाव झनै चुनौतीपूर्ण हुने उल्लेख गरिएको छ । उक्त फोनको प्रयोगकर्ताहरूका सबै गतिविधी ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निश्कर्ष अनुषनधानकर्ताहरूले निकालेका छन् ।

साओमी सँगको सहकार्यमा यी डाटाहरू जो सुकैले पनि पाउने र प्रयोगगर्न सक्ने देखिएको फोब्सको समाचारमा उल्लेख छ । उक्त समाचारमा जनाइए अनुसार साओमीका एकजना ग्राहक आफूले वोकेको साओमीको फोनसेट सहित फोब्सको कार्यालय पुगेका थिए । त्यस पश्चात फोर्ब्सले यो विषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको थियो ।