
काठमाडौं, २३ जेठ । शुक्रबार साँझसम्म डेढ सय बढी नेपाली संयुक्त राज्य इमिरेट्स (युएई)बाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने भएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशका विभिन्न ठाउँमा बेखर्ची भएर बसेका समस्या परेका नेपाली नागरिकलाई सरकारले शुक्रबारदेखि स्वदेश फर्काउन थालेको हो । पहिलो चरणमा म्यानमारमा रहेका दुई दर्जन बढी नेपालीलाई काठमाडौंमा ल्याइएको छ ।
नेपाल आउनका लागि तयार रहेका युएईस्थित नेपाली सारजहाँ विमानस्थलमा पुगिसकेका छन् । विमान भाडाको समस्याका कारण समयमा उडान हुन सकेको थिएन । सरकारले अहिले उक्त समस्याको समाधान गरिसकेको छ । कम्तिमा एक सय ४६ जना युएई विमानस्थलमा भेला भइसकेको विवरणहरुमा उल्लेख छन् ।
एक सय ६८ जना नेपालीलाई युएईबाट नेपाल ल्याउनका लागि त्यहाँको सरकारले एयर अरेयिबा पठाउने तयारी गरेको थियो । उक्त तयारी पूरा नभएपछि नेपाल सरकारले भाडामा विमान लिएको छ ।











प्रतिक्रिया