काठमाडौं । टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो पहल गरिएको हो ।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई ५ वटा र जिल्ला प्रहरी कार्यालय रसुवालाई ५ वटा, नुवाकोट केन्द्रीय कारागारलाई १ वटा, विदुर नगरपालिकालाई २ वटा, त्रिशूली अस्पताललाई १ वटा, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई १ वटा, चण्डेश्वरी माध्यमिक विद्यालयलाई १ वटा, आमाछोदिङ्मो गाउँपालिकालाई १ वटा, हाकु स्वास्थ्य चौकीलाई १ वटा, हाकु माध्यमिक विद्यालयलाई १ वटा, गोसाइँकुण्ड आधारभूत विद्यालयलाई १ वटा, ग्रे माध्यमिक विद्यालयलाई १ वटा, उत्तरगया गाउँपालिकालाई १ वटा, दाङ्गदाङ्गे स्वास्थ्य चौकीलाई १ वटा, थुलोगाउँ स्वास्थ्य चौकीलाई १ वटा र लहरेपौवा स्वास्थ्य चौकीलाई १ वटा प्रदान गरिएको छ ।
यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेको छ । स्थानीय संस्थाहरूलाई आवश्यक आवागमन सुविधामा सहयोग पुग्दा उनीहरूले समुदायलाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने कम्पनीले जनाएको छ ।
टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस पेयमान कार्गरले भने, “नेपाल टीभीएस मोटर कम्पनीका लागि एक महत्त्वपूर्ण बजार हो । हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ । विभिन्न संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ ।”
शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएस मोटर कम्पनीका दुई तथा तीन पाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ । यस सहकार्यमार्फत दुवै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तारसँगै स्थानीय समुदायलाई सहयोग गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।











प्रतिक्रिया