७ मंसिर २०८३, सोमबार

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ ।

एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो ।

प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो ।

यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यस पहलले खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेलको रोमाञ्चकता थप बढाएको थियो ।

त्यस्तै, पल्सर पावर प्ले प्रेडिक्शन गेममा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो ।

प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई पनि बजाज पल्सरले बधाई व्यक्त गरेको छ ।

एनपीएल सिजन ३ लाई सफल बनाउन योगदान पुर्‍याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थक सबैप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ ।

नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि जोडिने कम्पनीले जनाएको छ ।