६ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ योजना मन्त्री यादवकी कोरोना संक्रमित पिए गण्डक अस्पतालमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

जनकपुर, २३ जेठ । वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा प्रदेश २ आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी कोरोना संक्रमित स्वकीय सचिव (पिए)भर्ना भएकी छन् ।

विहीबार मन्त्री यादवकै घरमा बसेकी ३० बर्षीया उनलाई अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अब, मन्त्री यादवको घरमा ट्रेसिङ सुरु गरिएको छ ।

प्रदेशसभाको बैठक अघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । सो क्रममा ५ जना मर्यादा पालक प्रहरी र पिएको रिपोर्ट पोजिटिभ आएको थियो ।